विद्यार्थीलाई शैक्षिक सामग्री

दैलेखः नारायण नगरपालिका–८ तर्ताङ्गमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अभिषेक स्मृति क्लबको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

चौथो अभिषेक स्मृति दिवस तथा ३३ औँ जन्मोत्सवको अवसर पारेर सरस्वती माध्यमिक विद्यालय तर्ताङ्गमा २०७९ सालको वार्षिक परीक्षामा कक्षामा उत्कृष्ट नम्बर ल्याई पास हुने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

२०७९ सालको वार्षिक परीक्षामा कक्षामा उत्कृष्ट नम्बर ल्याई पास हुने कक्षा १ देखि १२ सम्मका १२ जना विद्यार्थीहरूलाई अभिषेक स्मृति क्लबले शैक्षिक सामग्री वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र बहादुर जिसीले जनाकारी दिए ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पार्वती कुमारी शर्माले जन्मदिनको अवसरमा विद्यार्थीलाई स्टेशनरि वितरण गर्ने अभिषेक स्मृति क्लबलाई गरेकोमा धन्यवाद दिइन् ।

कार्यक्रममा ससत्र प्रहरी वल दैलेखका प्रमुख द्रोण ढकालले अभिषेकको मृत्युले सङ्गठनमा ठुलो क्षति पुगेको बताउँदै उहाँको चौँथो स्मृति दिवस तथा ३३ औँ जन्मोत्सवको अवसर पारेर विद्यार्थीलाई शैशिक सामग्री वितरण गर्ने अभिषेक स्मृति क्लब नारायण–८ लाई धन्यवाद् दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार